राष्ट्रियसभाको बैठक दिउँसो ३ : १४ बजेलाई सारियो

बकैया दर्पण संवाददाता
५ भाद्र २०८०, मंगलवार १२:२९

मकवानपुर । राष्ट्रियसभाको बैठक सरेको छ। आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो।

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आज जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको उल्लेख छ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ।

विगत एक महिनादेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण सङ्घीय संसद्को दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुने गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*