नेपाल महिला संघमा विद्रोह

बकैया दर्पण संवाददाता
५ भाद्र २०८०, मंगलवार १०:३३

मकवानपुर । नेपाली कांग्रेसको भगिनी संस्था,नेपाल महिला संघमा नेता शेखर कोइराला र गगन थापा पक्षले समानान्तर समिति गठन गरेको छ ।

संघको तदर्थ समिति अध्यक्ष उषा राउत मिश्रले विधानविपरीत काम गरेको, कार्यशैली सुधार नगरेको र पार्टीले समेत कुनै चासो नदिएको आरोप लगाउँदै इतर पक्षका २० जना केन्द्रीय सदस्यहरुले विद्रोह गरेका छन् ।

उनीहरुले ९ जिल्लामा जिल्ला अध्यक्ष चयन गरेर समानान्तर समिति गठन गरेका हुन् । जसमा सिरहा मिनाकुमारी थापामगर, सोलुखुम्बु छिल्यामु शेर्पा, ताप्लेजुङ्ग मातृका देवि प्रसाई, महोत्तरी अनिता राय, बारा कवितादेवि कलवार, पर्सा विद्या श्रेष्ठ, कास्की शारदा गिरी, नवलपरासी मिठु के. सी. र हुम्लामा ज्ञानु रोकाया रहेका छन् ।

उनीहरुले गत साउन १८ गते पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर संघमा विधानविपरीत काम भइरहेकोमा रोक्न ध्यानाकर्षणसमेत गरेको थियो । अध्यक्षले स्पष्टीकरणको मौका समेत नदिई १२ जिल्ला अध्यक्ष हटाएको उनीहरुको दावी छ । उनीहरुले अन्य जिल्ला र केन्द्रमा समेत समानान्तर समिति गठन गर्ने चेतावनी समेत दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*