प्रधानन्यायाधीश श्रेष्ठले आजदेखि कार्यभार सम्हाल्ने

बकैया दर्पण संवाददाता
५ भाद्र २०८०, मंगलवार १०:१९

मकवानपुर । नवनियुक्त प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबारदेखि कार्यभार सम्हाल्नु हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो । प्रधानन्यायाधीश श्रेष्ठले मंगलबार कार्यालय खुलेपछि औपचारिक रुपमा कार्यभार सम्हाल्नु हुनेछ ।

गत साउन २० गते तत्कालिन प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा गएपछि श्रेष्ठले कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाल्दै आउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*