मकवानपुरमा ४५ वटा बलात्कारको उजुरी

बकैया दर्पण संवाददाता
३० श्रावण २०८०, मंगलवार १०:३२

मकवानपुर । मकवानपुरमा एक वर्षको अवधिमा ४५ वटा बलात्कारको आरोपमा उजुरी परेको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० को अवधिमा ४५ वटा बलात्कारको घटनामा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, बलात्कारको आरोपमा उजुरी दर्ता भएकामध्ये सबैभन्दा धेरै बालिका बलात्कारसम्बन्धी रहेका छन् । उक्त सम्बन्धी जिल्ला प्रहरीमा ३६ वटा उजुरी दर्ता भएका छ ।

१८ वर्षमुनिका बालिका बलात्कारका घटना बढ्नुमा प्रमुख कारण बालबिहान रहेको प्रहरीको भनाई छ । बालबालिकाबीच प्रेम सम्बन्ध भई विवाह हुने र परिवारले अस्वीकार गरी बलात्कारको उजुरी दिने गरेको पाइएको छ ।

साथै मानसिक असन्तुलन वा शारीरिक रुपमा अशक्त भएका बालिकाहरुलाई फकाएर वा धम्काएर छिमेकीबाट नै बलात्कारको सिकार हुने गरेको र अभिभावकले विश्वास नगर्दा पटक–पटक बलात्कृत हुने गरेका गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*