एमालेले तोक्यो अधिवेशन मिति

बकैया दर्पण संवाददाता
३० श्रावण २०८०, मंगलवार १०:१२

मकवानपुर । एमालेले प्रदेश अधिवेशनको मिति सार्वजनिक गरेको छ ।

एमाले सचिवालयको बैठकले लुम्बिनी प्रदेशमा आगामी भदौ १६, १७, मधेश प्रदेश असोज ५, ६, बाग्मती प्रदेश असोज ८, ९ , कर्णाली प्रदेश असोज १०, ११ कोशी प्रदेशमा असोज १२, १३, गण्डकी प्रदेश असोज १५, १६, उपत्यका विशेष प्रदेश असोज १९, २० र सुदूरपश्चिम असोज २१ र २२ का लागि अधिवेशन तोकिएको छ ।

यसका साथै बैठकले केदार न्यौपाने र छक्कबहादुर लामालाई एमाले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । बैठकले कञ्चनपुरमा भएको युवासंघको झडपको विषयमा छानबिनका लागि ३ सदस्यीय टोलीसमेत गठन गरेको छ ।

टोलीमा उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो ज्वालाकुमारी साह रहनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*