सुन तस्करीमा उच्च स्तरीय स्वतन्त्र छानबिन समितिको मागबाट एमाले पछि नहट्ने

बकैया दर्पण संवाददाता
२८ श्रावण २०८०, आईतवार १४:५२

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा उच्च स्तरीय स्वतन्त्र छानबिन समितिको मागबाट पछि नहट्ने बताउनु भएको छ ।

आइतबार ललितपुरको च्यासल स्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको छ । सरकारले संसदीय छानबिन बनाउन सक्ने संकेत दिएको अवस्थामा ओलीले संसदीय समितिहरुमा सत्तापक्षको बहुमत रहेकाले स्वतन्त्र छानबिन हुन नसक्ने भन्दै उच्च स्तरीउ समिति बनाउनु पर्नेमा जोड दिनु भयो ।

अध्यक्ष ओलीले कुनै कांग्रेस सांसद सुनिल शर्माले सुन तस्करीबारे संसदमा आवाज उठाएकाले उहाँलाई कुनै कार्यकर्तालाई उजुरी हाल्न लगाएर पक्राउ गर्नु गलन भएको टिप्पणी गर्नु भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा साउन ३ गते झण्डै एकसय किलो सुन राजश्व अनुसन्धान बिभागको टोलीले समातेको थियो ।

एमालेले उक्त प्रकरण छानविनका लागि उच्च स्तरीय समिति बनाउनु पर्ने माग गर्दै आइरहेको छ । एमालेले सो माग राख्दै साउन १० यताका संसद बैठक अवरोध गर्दै आएको छ । अध्यक्ष ओलीले सरकारले नै संसद अवरुद्ध गरेको आरोप लगाउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*