नेपालमा डेङ्गी सङ्क्रमितको संख्या १० हजार नाघ्यो

बकैया दर्पण संवाददाता
२५ श्रावण २०८०, बिहीबार ११:२२

मकवानपुर । नेपालमा डेङ्गी सङ्क्रमितको संख्या १० हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा यसवर्ष अहिलेसम्म १० हजार ७ सय २६ जनालाई डेङ्गी सङ्क्रमण भएको छ ।

सङ्क्रमण ७४ जिल्लामा फैलिएको महाशाखाले जनाएको छ । अहिलेसम्म डेङ्गीबाट ७ जनाले ज्यान गुमाएका छन् । महाशाखाका निर्देशक डा। रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेङ्गी सङ्क्रमण बढिरहेको बताउनुभयो ।

उहाँले यसैगरी डेङ्गी सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा निक्कै उच्च हुने बताउनुभयो । सन् २०२२ मा नेपालमा ५४ हजार ७ सय ८४ जनामा सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो ।

यो वर्ष सङ्क्रमण देखिएकामध्ये सबैभन्दा धेरै सुनसरीमा भेटिएका छन् । महाशाखाका अनुसार सुनसरीमा ६ हजार ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*