माओवादी केन्द्रको केन्द्रीय कमिटीको बिहीबारको बैठक सुरु

बकैया दर्पण संवाददाता
१८ श्रावण २०८०, बिहीबार ११:४१

मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बिहीबारको बैठक शूरु भएको छ ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हिजो बुधवारबाट शुरु भएको बैठक ५ दिनसम चल्नेछ । आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्नुहुने बताइएको छ । बुधवारको बैठकबाटै केन्द्रीय सदस्यहरुले बिविध बिषयमा आ–आफ्धारणा राख्न सुरु गरिसकेका छन ।केन्द्रीय कमिटीको बुधबारको बैठकमा १८ जना सदस्यहरुले धारणा राखेका थिए ।

पहिलो दिन बोल्न ७४ जनाले नाम टिपाएकोमा १८ जनाले मात्रै बोल्न भ्याएका हुन । प्रत्येक सदस्यलाई बोल्न पाँच मिनेट समय दिइएको छ । कतिपय केन्द्रीय सदस्यहरुले पार्टीदाई रुपान्तरण गर्न ढिलो भइसकेको र त्यसको सुरुवात अध्यक्ष दाहालबाटै हुनुपर्ने बताएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*