प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्दै

बकैया दर्पण संवाददाता
१८ श्रावण २०८०, बिहीबार १०:३९

मकवानपुर । संवैधानिक परिषद्को बैठक बिहीबार साँझ ५ बजे बस्दैछ ।

गत मंगलबार बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति तथा अन्य संवैधानिक निकायमा रिक्त पदपुर्तीको लागि कुनै निर्णय गर्न नसकेपछि बिहीबार पुनः बैठक बस्न लागेको हो ।

मंगलबार प्रधानन्यायाधीशको नाम सिफारिस गर्न भनेर बसेको बैठक नाममा प्रवेश नै नगरी स्थगित भएको थियो । साउन २० गत अर्थात शनिबारदेखि प्रधानन्यायाधीश पद रिक्त हुँदैछ । उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जाने भएकाले न्यायालय फेरि कायममुकायमले चलाउने अवस्था बनेको छ ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेपछि पनि संसदीय सुनुवाइको प्रक्रियासहित नियुक्त हुन समय लाग्नेछ । त्यसैले न्यायपालिका फेरि नेतृत्वविहिन हुने अवस्थामा पुगेको हो । यसअघि २०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म पनि न्यायपालिका कायम मुकायमको भरमा चलेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*