माओवादीले केन्द्रीय कमिटी बिस्तार गर्ने

बकैया दर्पण संवाददाता
१७ श्रावण २०८०, बुधबार ११:४५

मकवानपुर । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बिस्तार गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरेको हो । अहिले कायम ३८५ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी भएको एक माओवादी नेताले जानकारी दिए । आजबाट काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा माओवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

त्यस अघि बुधबार बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरेको हो । बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरुले बोल्ने बताइएको छ । बैठकमा पार्टीको बिधान संशोधन प्रस्ताब पनि पेश हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*