राजीनामा दिन्छु भनेका सभामुख सम्पर्क बिहिन, सरकार गठनका लागि उनलाई कुर्दै गठबन्धन

बकैया दर्पण संवाददाता
१६ श्रावण २०८०, मंगलवार १५:०३

मकवानपुर । काठमाडौंमा रहेका कोशी प्रदेशका सभामुख बाबुराम गौतमको फोन अफ भएपछि विराटनगरमा सत्तागठबन्धनका नेताहरूले उनलाई कुरिरेहका छन् ।

सभामुखले राजीनामा बुझाएपछि कांग्रेस÷माओवादी गठबन्धनबाट मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दावी गर्दैछन् ।

‘हामी सभामुखलाई नै कुरिरहेका छौँ । २ः२० को फ्लाइटमा विराटनगर आउने भने पनि उहाँको फोन अफ भएको केही घण्टा भइसकेको छ । आउँदै हुनुहुन्छ होला,’ कांग्रेसका एक सांसदले भने,‘उहाँले राजीनामा बुझाएपछि ४७ सांसदको हस्ताक्षर लिएर उद्धव थापाको नाममा मुख्यमन्त्री दावी गर्छौ ।’

यसअघि असार २१ गते निर्णायक मत रहेको सभामुखको हस्ताक्षर गराएर थापाले मुख्यमन्त्रीमा दाबी गरेका थिए । तर सो प्रक्रियालाई सर्वोच्चको एक फैसालाले खारेजी गरेदिएपछि सो प्रदेशमा सरकारविहीन अवस्थामा छ ।

नयाँ सरकारका लागि मंगलबार बेलुकासम्मको दावी गर्ने समय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*