सडकमा डोजर तेर्स्याएर प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको बिरोध

बकैया दर्पण संवाददाता
१६ श्रावण २०८०, मंगलवार ११:२७

मकवानपुर । निर्माण व्यवसायीहरुले निर्माण यन्त्रहरुसहित प्रधानमन्त्री कार्यालय अगिाडि बिरोध प्रदर्शन गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण व्यवसायीहरुले डोजर र अन्य निर्माण यन्त्रहरु सडकमा राखेर बिरोध प्रदर्शन गरेका हुन् ।

बिरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरुलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष सिंहले नेपाल सरकारले बनाएका योजनाहरु ४ खर्ब भन्दा बढी योजनाको सुनिश्चितता गरेका भएपनि श्रोत नभएको योजनाहरुको म्याद थप गर्न लागेको बताउनुभयो । उहाँले सरकारले त्यस्ता योजनाको म्याद एक वर्ष थप गर्ने भनेपनि भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण व्यवसायीहरुलाई काममा फर्काउनको लागि ठोस कार्ययोजना बनाइ माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । सम्झौता गरेका माग कार्यान्वयन नभएसम्म र सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिनुभयो ।

व्यवसायीहले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर,सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर,जुन सुकै अवधिको ठेक्काको मूल्य समायोजन गर,व्यवहारिक माइल स्टेन खारेज गर,गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिवद्धता,उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाईका साथ लागू गर र निर्माण व्यवसायी एकता जिन्दावाद लेखेको प्लेकार्ड समेत प्रदर्शन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*