राजस्व अनुसन्धान विभागले सुन प्रकरणमा नेताहरुको संलग्नताबारे छानविन गर्दै

बकैया दर्पण संवाददाता
१५ श्रावण २०८०, सोमबार १६:०२

मकवानपुर । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले राजनीतिक दलका नेताहरुको संलग्नता भए÷नभएको छानविन भइरहेको जनाएको छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरणमा पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा छानबिन भइरहेको बताउँदै यसको जरोसम्म पुग्न केही समय लाग्ने जानकारी दिनुभयो ।

हालै बरामद गरिएको सुनको विषय आम सरोकारको विषय रहेको भन्दै महानिर्देशक ढुंगानाले संसद र राजनीतिक दलहरुले चासो देखाउनु स्वाभाविक रहेपनि अनुसन्धानमा साथ दिए दोषी पत्ता लगाउन सहज हुने बताउनुभयो ।

साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा विभागको टोलीले झण्डै सय किलो सुन समातेको थियो । उक्त सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् भने उनीहरुको बयानका आधारमा थप अनुसन्धान प्रक्रिया अघि बढिरहेको विभागको भनाइ छ । तर सुन तस्करी गर्ने मुख्य व्यक्ति को हो भन्ने अझै पत्ता लाग्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*