ओली प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटारमा

बकैया दर्पण संवाददाता
१५ श्रावण २०८०, सोमबार ११:३८

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्।

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुगेको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले भोलि अपरान्ह ४ बजे संवैधानिक बैठक डाकेका छन्। भोलि बस्ने बैठकले प्रधान्यायाधीशको नियुक्तिको प्रक्रिया थाल्ने जनाइएको छ। ओलीले आइतबार पनि प्रचण्डलाई भेटेर संवैधानिक परिषद् बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए।

सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेरहदका कारण साउन २० बाट अनिवार्य अवकाशमा जाँदैछन्। अवकाशमा जानु एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्नेमा सरकारले ढिलाइ गरिरहेको छ।

यस्तै उनीहरूबीच प्रतिनिधिसभामा देखिएको अवरोध हटाउने विषयमा समेत छलफल हुने बताइएको छ। सुन तस्करमा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै एमालेले सदन अवरोध पार्दै आइरहेको छ। आजको बैठक पनि एमालेले अवरोध गर्ने तयारी गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*