प्रधानन्यायाधीश नियुक्ति सिफारिसबारे छलफल गर्न संवैधानिक परिषदको बैठक मंगलबार आह्वान

बकैया दर्पण संवाददाता
१५ श्रावण २०८०, सोमबार १०:३०

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ ।

आइतबार प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको हो ।

मंगलबार दिउँसो ४ बजे बस्ने गरी डाकिएको यो बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेन्डा रहेको छ । आइतबार तीन नेताबीच संवैधानिक परिषद् बैठक र संसदको गतिरोध अन्त्य लगायतका विषयमा कुरा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

छोटो समयका लागि नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गते अवकासमा जाँदै हुनुहुन्छ । अवकासमा जाने भएपछि कार्कीले अहिले बेन्च नराखेर जिल्ला भ्रमण गरिरहनुभएको छ । कार्की अवकासमा जाने भएपछि एक महिनाअगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था रहेको थियो । तर, दलहरुको असमझदारीका कारण हालसम्म प्रधानन्यायाधीश सिफारिस हुन सकिरहेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*