प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

बकैया दर्पण संवाददाता
१४ श्रावण २०८०, आईतवार १३:०६

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बालुवाटारमा आज बिहान दुई नेताबीच भेट वार्ता भएको हो।

भेटवार्तामा के विषयमा कुराकानी भयो र के निष्कर्ष आयोरु भन्नेबारे दुवै पक्षले प्रष्ट बोलिसकेका छैनन्। यद्यपि, एमालेले संसदमा राखेको अवरोध कसरी हटाउने तथा पछिल्लो समसामयिक राजनीतिबारे कुराकानी भएको बताइन्छ।

त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिइएको १०० किलो सुनको मालिक पक्राउ गर्न नसकेको भन्दै एमालेले गृहमन्त्रीको जवाफ माग गर्दै संघीय संसद्‍का दुवै सदन अवरोध गर्दै आएको छ।

गत बुधबारको प्रतिनिधिसभा बैठक एमालेले अवरोध गरेको थियो। प्रतिनिधिसभाको अर्को बैठक सोमबारलाई तय भएको छ।

यसअघि पनि एमालेले विभिन्न मुद्दाहरूमा संसद् अवरुद्ध गर्दै आएको भए तापनि वार्ताको माध्यमबाट सबै कुरा समाधान हुँदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*