आज पनि बस्दै माओवादी केन्द्रको पदाधिकारी बैठक

बकैया दर्पण संवाददाता
१४ श्रावण २०८०, आईतवार १०:३७

मकवानपुर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार पनि बस्दैछ ।

प्रधानमन्त्री निवासमा दिउँसो ३ बजे बस्ने बैठकमा यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल हुनेछ ।

शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले इटाली भ्रमण र उपाध्यक्ष पम्फा भुसालले भारत भ्रमणबारे जानकारी गराउनु भएको थियो । यसअघि पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो ।

सो बैठकले तयार गरेका केही एजेन्डामा अन्य केही थप गरेर अइतबारको बैठकमा अन्तिम रुप दिने संभावना रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*