आज विद्यार्थीको मोर्चा घोषणा गर्दै समाजवादी मोर्चा

बकैया दर्पण संवाददाता
१४ श्रावण २०८०, आईतवार १०:३६

मकवानपुर । समाजवादी मोर्चाले आइतबार समाजवादी विद्यार्थी मोर्चा घोषणा गर्दैछ ।

संघीय संसद् भित्र रहेका तीन दल र संसदबाहिर रहेको एउटा दलसमेत आवद्ध रहेको समाजवादी मोर्चाले आफ्नो पहिलो शुभेच्छुक संगठनको रूपमा आइतबार समाजवादी विद्यार्थी मोर्चाको औपचारिक रूपमा घोषणा गर्न लागेको हुन् ।

उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगायतका नेताहरूले सम्बोधन गर्नुहुनेछ ।

च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणाका लागि बिहान साढे १० बजे कार्यक्रम तय भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*