आगामी मंसिरमा नीति अधिवेशनको साटो महासमिति बैठक गर्ने कांग्रेसको निर्णय

बकैया दर्पण संवाददाता
११ श्रावण २०८०, बिहीबार १०:२४

मकवानपुर । नेपाली कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठकले आगामी मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको हो । १४ औं महाधिवेशनका बेला नेतृत्व मात्रै चयन गरेको कांग्रेसले नीति अधिवेशन ६ महिनाभित्र गर्ने निर्णय गरेको थियो । तर, नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति बैठक बोलाएको छ ।

महासमिति बैठक काठमाडौंमा बस्नेछ । यस्तै सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान र भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय भएको पनि महामन्त्री शर्माले जानकारी दिनुभयो ।

यस्तै कांग्रेसले सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने निर्णय गरेको छ । बैठकले भ्रष्टाचारमा कोही दोषी नउम्किउन्, कोही निर्दोष नफसुन् भन्ने नीति लिएको महामन्त्री शर्माले जानकारी दिनुभयो ।

यस्तै अहिले गठबन्धनकै कारण कांग्रेस सरकारमा हुनुका साथै राष्ट्रपतिसमेत प्राप्त गर्न सकेको कांग्रेसले निष्कर्ष निकालको छ । महामन्त्री शर्माले जनप्रतिनिधिलाई इमानदारीपूर्वक जनताको काम गर्न, भ्रष्टाचारको नियन्त्रण गर्न पार्टीले निर्देशन दिने समेत बताउनुभयो ।

कांग्रेसले मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन सरकारसँग माग समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*