आज सकिंदै कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक

बकैया दर्पण संवाददाता
१० श्रावण २०८०, बुधबार ११:०७

मकवानपुर । नेपाली कांग्रेसको केन्दिय कार्यसमितिको बैठक बुधबार सकिंदैछ ।

साउन २ गतेदेखि चलेको बैठकको निर्णय लेखनमा भने नेताहरुबीच गलफत्ती चलिरहेको छ । मंगलबार बसेको बैठकले निर्णय लेखनमा सहमति जुटाउन नसकेपछि बुधबार फेरी पदाधिकारी बैठक बसेर निर्णयलाई अन्तिम रुप दिने तयारी गरिएको छ ।

पदाधिकारी बैठकले तयार पारेको निर्णय दिउँसो ४ बजे बस्ने केन्द्रिय कार्यसमितिको बठकले पारित गर्नेछ । कांग्रेसले आगामि मंसिरमा नीति महाधिवेशन गर्ने विषयमा भने समझदारी जुटाएको छ । पार्टी महाधिवेशनको ६ महिनाभित्र गर्नुपर्ने नीति महाधिवेशन डेढ वर्षसम्म पनि हुन सकेको थिएन ।

महामन्त्री गगन थापाले प्रस्तुत गरेको एक वर्षे कार्यायोजना र २०८२ सालभित्रै पार्टीको १५ औं महाधिवेशन गर्ने प्रस्तावबारे नेताहरुबिच सहमति जुट्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*