आज बस्दै प्रतिनिधिसभा बैठक

बकैया दर्पण संवाददाता
१० श्रावण २०८०, बुधबार ११:०५

मकवानपुर । प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ ।

बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संसदमा पेश हुने संसद् सचिवालयले संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*