घट्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

बकैया दर्पण संवाददाता
१ श्रावण २०८०, सोमबार १३:४७

मकवानपुर । सरकारले सार्वजनिक यातायातको भाडा सोमबारबाट घटाएको छ ।

आइतबार सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेपछि त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ ।

यातायातको घटाएको भाडादर सोमबारदेखि नै लागू हुने यातायात ब्यवस्था विभागले जनाएको छ ।

भाडादर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*