कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित

बकैया दर्पण संवाददाता
२७ असार २०८०, बुधबार १२:१०

मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो । बैठक अब आउँदो साउन २ गतेदेखि बस्ने नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुईरदुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षदेखि बैठक बस्न सकेको छैन ।

यसअघि गएको वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक बसेको थियो । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*