आज राष्ट्रियसभाबाट बजेट पारित गर्ने कार्यसूचि

बकैया दर्पण संवाददाता
२७ असार २०८०, बुधबार १०:१३

मकवानपुर । राष्ट्रिय सभाको बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ ।

बुधबारको बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ । बैठकको सुरूमा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको विभागीय मन्त्रीहरुले जवाफ दिनेछन् ।

त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नु हुने छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक, २०८० लाई पारित गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*