प्रधानमन्त्री दाहालकी पत्नीको निधन, अन्त्यष्टि आजै गरिने

बकैया दर्पण संवाददाता
२७ असार २०८०, बुधबार १०:१०

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको अन्त्यष्टि बुधबार नै गरिने भएको छ ।

बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा पत्नी दाहालको अन्त्यष्टि गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि बुधबार बिहान साढे ८ बजे नर्भिक अस्पतालमा ६९ वर्षीया पत्नी दाहालको निधन भएको हो । नर्भिक अस्पतालका डा. जगदीश जैसवालले अस्पताल ल्याईपुर्‍याउँदा उहाँको मुटुको चाल निकै सुस्त भईसकेको भन्दै बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको बताउनुभयो ।

बिहान साढे ९ बजे प्रधानमन्त्री दाहालका निजी चिकित्सक डा. युवराज शर्माले प्रेस ब्रिफिङ गर्दै प्रधानमन्त्री पत्नी दाहालको निधन भएको जानकारी दिनुभएको थियो । पत्नी दाहाललाई अस्पताल पुर्‍याएलगत्तै प्रधानमन्त्री दाहाल पनि अस्पताल पुग्नुभएको थियो । त्यसपछि अन्य मन्त्रीहरु पनि अस्पताल पुगेका थिए ।

दिवंगत सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी पार्टी कार्यालय कोटेश्वर लगिएको छ । लामो समयदेखि अर्धचेत अवस्थामा रहनुभएको प्रधानमन्त्री पत्नी दाहाल पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) रोगबाट लामो समयदेखि पीडित हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*