आरजुको नाम लिएको अडियो सन्देश शर्माको स्वरसँग मेल खाएको प्रहरीको भनाई

बकैया दर्पण संवाददाता
२४ असार २०८०, आईतवार १५:३५

मकवानपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ डा.आरजु राणा देउवाको नाम लिइएको अडियोमा रहेको सन्देश शर्माको भनिएको स्वर सोही प्रकरणमा थुनामा रहेका सन्देश शर्माको आवाजसँग मिलेको भेटिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका दाङका शर्मा अहिले ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा छन्।

राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन्।

सोही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो शर्माको आवाजसँग मिलेको र त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्ने बारेमा टिकटक सिंगापुरसँग जानकारी मागेको नेपाल प्रहरीका प्रवक्ता,प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिएका छन्।

आरजुले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त फेक अडियो बदनियत पूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*