आज पनि दुवै सदन एमालेले अवरुद्ध गर्ने

बकैया दर्पण संवाददाता
२४ असार २०८०, आईतवार ११:३८

मकवानपुर । नेकपा एमालेले आइतबार पनि संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध र राजीनामा माग्दै आएको छ । यसैक्रममा एमालेले आज पनि दुवै सदन अवरुद्ध पार्ने भएको हो। एमालेका एक नेताका अनुसार आजको बैठक पनि अवरुद्ध गर्ने तयारी छ ।

दाहालले गत सोमबार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन बारम्बार दिल्ली गएको अभिव्यक्ति दिएसँगै उनको चौतर्फी आलोचना भएको थियो। सोही अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध र राजीनामा माग गर्दै आएको छ ।

शुक्रबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा एमाले प्रधानमन्त्रीको राजीनामाबाट पछि नहटेपछि बैठक आइतबार १ बजे बस्नेगरी स्थगित गरेका थिए ।

यसबीचमा दलहरूबीच सहमति हुन सकेको छैन। सभामुख घिमिरेले सहमति जुटाउन आग्रह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*