आज बस्दै समाजवादी मोर्चाको पहिलो बैठक

बकैया दर्पण संवाददाता
२३ असार २०८०, शनिबार १२:३७

मकवानपुर । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक शनिबार बस्ने भएको छ ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा शनिबार अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।

बैठकमा मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ ।

नेकपा (माओवादी केन्द्र),जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*