सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

बकैया दर्पण संवाददाता
२१ असार २०८०, बिहीबार ११:०५

मकवानपुर । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बुझिएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता सहभागी छन् ।

जनमत पार्टीलाई सरकारमा ल्याउने तथा कोशीमा नयाँ सरकार गठनलगायतका विषयमा छलफल भईरहेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*