कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

बकैया दर्पण संवाददाता
२० असार २०८०, बुधबार १५:३३

मकवानपुर । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। बुधबार बिहान सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा उपसभापित र महामन्त्रीसहितको बैठकले असार २७ गतेका लागि बैठक बोलाउने निर्णय गरेको हो।

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले असार २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको थाहाखबरलाई जानकारी दिए। बैठकमा निर्वाचनको समीक्षा, पार्टीका विभिन्न गतिविधिसहित समसामयिक विषयमा छलफल हुने उनले बताए।

गत वर्ष भदौमा बसेपछि त्यसपछिको १० महिनाको अवधिमा कुनै बैठक बस्न सकेको थिएन। विधानबमोजिम प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक राख्नुपर्ने प्रावधान रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*