एसईईको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी, आज बोर्ड बैठक बस्दै

बकैया दर्पण संवाददाता
२० असार २०८०, बुधबार १०:२३

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) – २०७९ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

गएको चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने कामसमेत सकिएको र रुजु गर्ने काम भैरहेको छ ।

नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि आज बोर्ड बैठक बोलाइएको छ ।

सकेसम्म भोलि नै र प्राविधिक कारण तयारी नसके पर्सि शुक्रवारसम्म नतिजा सार्वजनिक गर्ने बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले बताउनुभएको छ ।

चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको यसवर्षको एसईईमा देशभरबाट झण्डै ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए ।

बोर्डले नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।

अस्ति बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष डा। शर्माका अनुसार यसवर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकोले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गर्ने तयारी छ ।

परीक्षाफल विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुनेछ ।

बोर्डका अनुसार नतिजा सार्वजनिक भएपछि नेपाल टेलिकमको एसएमएस र आईभीआर १६००, बोर्डको वेबसाइट डब्लूडब्लूलब्लू डट एसईई डट जिओभी डट एनपी, डब्लूडब्लूलब्लू डट एनईबी डट जिओभी डट एनपी, नेपाल टेलिकमको डब्लूडब्लूडब्लू डट एसईई डट एनटीसी डट एनईटी डट एनपीलगायतबाट हेर्न सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*