कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापालाई बनाउने सत्ता गठबन्धनको निर्णय

बकैया दर्पण संवाददाता
१९ असार २०८०, मंगलवार १०:१९

मकवानपुर । सत्ता गठबन्धनले कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसलाई नेतृत्व दिने भएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी)का कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कोशी प्रदेशमा गठबन्धनबाट कांग्रेस ठूलो दल भएकाले कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको बताउनुभयो । उहाँले मुख्यमन्त्रीका लागि आवश्यक सांसदहरु खोज्ने जिम्मा पनि कांग्रेसले नै लिनुपर्ने गरी सहमति भएको बताउनुभयो ।

कार्यवाहक अध्यक्ष पाण्डेले जनमतलाई सरकारमा ल्याउने सहमति भएको पनि बताउनुभयो । उहाँले जनमतले दुई मन्त्रालयको दाबी गरे एक मन्त्री र एक राज्यमन्त्री दिनेगरी सहमति भएको पनि बताउनुभयो ।

कार्यवाहक अध्यक्ष पाण्डेले जनमत पार्टीलाई सकेसम्म एउटा मन्त्रालय लिन आग्रह गर्ने पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*