आज बस्दै बागमती प्रदेश सभा बैठक, विनियोजित बजेटमाथि छलफल हुने

बकैया दर्पण संवाददाता
१७ असार २०८०, आईतवार १२:०४

मकवानपुर । बागमती प्रदेश सभा बैठक आज बस्दैछ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा दिउँसो २ बजेपछि बस्ने भएको हो ।

उक्त बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको विनियोजित बजेट २०८०/०८१ माथि छलफल हुने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेश सभाको बैठक यसअघि असार १३ गते बुधबार बसेको थियो । आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानित (बजेट) माथि छलफल गर्न बोलाइएको उक्त बैठकमा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका सांसदहरुले अवरोध गरेका थिए ।

बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको विनियोजित बजेट लक्ष्य बिहीन एवम् जनताप्रति विभेदकारी भएको, आफ्नौ निर्वाचन क्षेत्र र चुनावीमूलक रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राप्रपा र नेमकिपाका सांसदहरुले पटक–पटक संसद अवरोध गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*