आमन्त्रित दुबै अरेबियन टोली सहित भारत र बंगलादेश सेमिफाईनलमा

बकैया दर्पण संवाददाता
१४ असार २०८०, बिहीबार १५:५९

मकवानपुर – साफ च्याम्पियनसिप फुटबलको सेमिफाइन समिकरण पुरा  भएको छ। बुधबार भएको समूह ‘बी’ को खेलमा १४ वर्षपछि बंगलादेशले अन्तिम चारको यात्रा तय गर्दा साफमा आमन्त्रित दुबै अरेबियन टोलीले अन्तिम चारमा स्थान बनाए। दक्षिण एसियाका दाबेदार नेपाल र माल्दीभ्सले भने समूहचरण पार गर्न सकेनन्।

साफको सेमिफाइनलमा साविक विजेता तथा आयोजक भारत र कुवेत समूह ‘ए’ बाट अन्तिम चारमा स्थान बनाउँद समूह ‘बी’ बाट लेबनान र बंगलादेशले अन्तिम चारको यात्रा तय गरेका हुन्। बैंगलोर स्थित कान्तिरभा स्टेडियममा भएको खेलमा भुटानलाई ३-१ ले पराजित गर्दै बंगलादेश समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो।

बंगलादेशले सन् २००९ पछि साफ च्याम्पियनसिपको अन्तिम चारमा स्थान बनाएको हो। त्यसअघि भएको खेलमा लेवननले माल्दिभ्सलाई १-० ले हराउँदै समूह ‘बी’ को विजेता बनेको थियो। अब फाइनल प्रवेशका लागि लेवनाने भारत र बंगलादेशले कुवेतको सामना गर्ने छन्।

लेवननसँगको हारपछि माल्दिभ्स प्रतियोगिताबाट बाहिरियो। यद्यपि भुटाने बंगलादेश विरुद्व १२ औं मिनेटमा गोल गर्दै सनसनिपूर्ण अग्रता लिएको थियो। टी- नाम्गेलको गोलमा भुटानले सुरुवाती अग्रता लिएको थियो। तर बंगलादेशका शेख मोर्सलिनले २२ औं मिनेटमा बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए।

३१ औं मिनेटमा फिन्त्सु जिग्मेको आत्मघाती गोलमा बंगलादेशले पहिलो हाफमानै अग्रता लिंदा ३६ औं मिनेटमा रविक हुसेनले बंगलादेशलाई पहिलो हाफमानै ३-१ को अग्रता दिलाए। त्यसपछि दोस्रो हाफमा थप गोल हुन नसक्दा खेल बंगलादेशले आफ्नो पक्षमा पारेको थियो। समूह चरणमा सतप्रतिशत जितसहित लेवनानले ९ अंक बटुल्दा बंगलादेशको ६ अंक रह्यो। बाहिरिएको माल्दिभ्सको ३  र भुटान अंक विहिन बने।

अब शनिबार हुने पहिलो सेमिफाइनल कुवेत र बंगलादेश तथा दोस्रो सेमिफाइनल भारत र लेवनानबीच प्रतिस्पर्धा हुने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*