एकीकृत समाजवादीले बजेटका पक्षमा मतदान गर्ने

बकैया दर्पण संवाददाता
१३ असार २०८०, बुधबार १२:०८

मकवानपुर । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले बजेटको पक्षमा मतदान गर्नका लागि ‘ह्वीप’ जारी गरेको छ । एकीकृत समाजवादीका मुख्य सचेतक मेटमणि चौधरीले बजेटका पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप लगाइएको जानकारी दिए ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयलगायतको विनियोजनमाथि उठेका प्रश्नको जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको छ ।

एकीकृत समाजवादी पार्टीका मुख्य सचेतक चौधरीले संसदीय दलको बुधबार बिहान बसेको बैठकले बजेटका पक्षमा मतदान गर्न ह्वीप लगाइएको जानकारी दिए ।

बजेट विनियोजन असन्तुलित भएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक मञ्चमा र उपाध्यक्ष रारेन्द्र पाण्डेले संसद्को रोस्ट्रमबाटै बजेटको विरोध गरेका थिए । उपाध्यक्ष पाण्डेले बजेटको विपक्षमा मतदान गर्ने बताउँदै आएका थिए । प्रधानमन्त्री दाहालसँग बजेटका विषयमा छलफल गरेपछि पक्षमा मतदान गर्न एकीकृत समाजवादी तयार भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*