नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रतिनिधि सभाको बैठक अवरोध

बकैया दर्पण संवाददाता
१२ असार २०८०, मंगलवार १२:२१

मकवानपुर । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको आजको बैठकमा अवरोध गरेका छन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेजी गर्ने सरकारको निर्णय सच्याउन माग गर्दै अवरोध गरेको हो । बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले सरकारको मनोमानीले लोकतन्त्रलाई नियन्त्रण गर्न खोजीएको भन्दै यस्तो नियन्त्रण कदापी स्वीकार्य नहुने बताउनु भयो ।

उहाँले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गर्नुभयो । उहाँले निर्णय नसच्याएसम्म संसदको कारबाही अगाडी बढ्न नदिने बताउनु भयो । उहाँले उहाँले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर व्यवस्था र नयाँ राजनीतिक पार्टीहरुमाथि षड्यन्त्र गरिएको बताउनु भयो । उहाँले अर्थमन्त्रीलाई सो निर्णय फिर्ता लिन तत्काल रुलिङ गर्न सभामुख समक्ष आग्रह गर्नुभयो । त्यसमा रास्वपालाई नेकपा एमालेका सांसदहरुले पनि साथ दिएका थिए । रास्पवपा र एमालेका सांसदहरुले निर्वाचन कार्यालय खारेजीको निर्णय सच्याउने निर्णय फिर्ता नलिएसम्म बैठक संचालन गर्न नदिने अडान राखिरहे ।

त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*