आजबाट सकिँदै जसपाको विधान अधिवेशन

बकैया दर्पण संवाददाता
१२ असार २०८०, मंगलवार १०:०९

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन मंगलबार सकिँदै छ ।आइतबारबाट शुरु भएको विधान अधिवेशन मंगलबार सकिन लागेको हो । मंगलबारको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताले जवाफ दिने कार्यक्रम रहेको छ ।

गत आइतबारबाट अध्यक्ष यादवले प्रस्तुत गर्नुभएको मस्यौदा विधानमा सोमबार १० वटा समूहमा समूहगत छलफल भई धारणा राख्ने क्रम शुरु भएको थियो । उक्त मस्यौदा विधानमा छलफलका लागि ४ सय २० केन्द्रीय सदस्यसहित करिब ८ सय जना प्रतिनिधिले सहभागिता जनाइरहेका छन् ।

प्रस्तावित विधानमा ७० वर्षे उमेर हदको प्रावधान राखिएको जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारीमा दुई पटक भन्दा बढी एउटै पदमा बस्न प्रतिबन्ध लगाइएको, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रीय समिति सदस्य हुन कम्तीमा पाँच वर्ष पार्टी सदस्यता लिएको पाँच वर्ष हुनुपर्ने लगायत प्रावधान राखिएको विधान प्रस्तुत भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*