प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तल्लो अरुण आयोजनाको पीडीए गर्दै लगानी बोर्ड

बकैया दर्पण संवाददाता
१४ जेष्ठ २०८०, आईतवार १२:२८

मकवानपुर । लगानी बोर्डको बैठकले तल्लो अरुण जलविद्युत आयोजनाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा परियोजना विकास सम्झौता ९पीडीए० गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बोर्डको बैठकले ६ सय ६९ मेगावाटको आयोजनाको पीडीए गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले उक्त आयोजना निर्माणका लागि भारतलाई प्रस्ताव राख्ने र भारतले स्वीकार गरेमा पीडीए हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते ४ दिने लामो भारत भ्रमणमा जाने तय भएको छ । प्रधानमन्त्रीको भ्रमणको क्रममा माथिल्लो कर्णाली, पञ्चेश्वर तथा अरुणसहितमा सहमती गर्ने तयारी सरकारले गरेको छ । प्रधामन्त्री भएपछि दाहालले पहिलो विदेश भ्रमण भारतबाट गर्न लाग्नु भएको हो ।

दाहालले आफ्नो भ्रमणको मुख्य अजेन्डा जलविद्युत्लाई बनाउनु भएको छ । त्यस्तै, पेट्रोलियम पाइप लाइन लगायतका सम्झौता पनि गर्ने तयारी सरकारले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*