आइतबारसम्मका लागि संघीय संसदको संयुक्त बैठक स्थगित

बकैया दर्पण संवाददाता
११ जेष्ठ २०८०, बिहीबार ११:२७

मकवानपुर । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० सदनको संयुक्त बैठकले स्वीकृत गरेको छ ।

बुधबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० बहुमतले स्वीकृत भएको हो ।

समितिका सभापति ध्रुवबहादुर प्रधानले सदन समक्ष प्रतिवेदन पेस गर्नुभएको थियो । साथै संशोधनका लागि ७२ घण्टाको समय दिइएको छ ।

सभामुख देवराज घिमिरेले समितिको प्रतिवेदन स्वीकृत भएको जानकारी दिदैँ भन्नुभयो – ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु ।संशोधनको सूचना ७२ घण्टाभित्र विधेयक शाखा प्रतिनिधि सभा सिंहदरबारमा दिन सक्नु हुनेछ ।’

संघीय संसदको दुवै सदनको संयुक्त बैठक जेठ १४ गते आइतबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*