संसदमा भोलि प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर हुने

बकैया दर्पण संवाददाता
३ जेष्ठ २०८०, बुधबार १५:५९

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदहरूबीच बिहीबार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको छ ।

साथै सोही बैठकमा प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यासूचीमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*