एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ

बकैया दर्पण संवाददाता
१ जेष्ठ २०८०, सोमबार ०७:५७

मकवानपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० लगायत निकायबाट खटिएको टोलीले उनलाई आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरेको हो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए ।

सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शर्णार्थी प्रकरणमा हालसम्म १०६ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*