बालुवाटारमा दाहाल, देउवा र ओली आज पनि छलफलमा

बकैया दर्पण संवाददाता
३१ बैशाख २०८०, आईतवार १०:५५

मकवानपुर । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आइतबार पनि बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको हो। छलफलमा समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरु समेत मुछिन थालेपछि प्रमुख दलका शीर्ष नेताहरुबीच पटक–पटक छलफल भइरहेको छ । ती भेटमा छलफल भएका विषय भने सार्वजनिक गरिएको छैन । आइतबारको भेटमा पनि संसदमा विचाराधिन विधेयकहरु, सरकारको नीति तथा कार्यक्रम र बजेटको बारेमा छलफल हुने सतही प्रतिक्रिया नेताका सचिवालयबाट आएका छन् ।

यसअघि तीन दलका शीर्ष नेताहरुमात्र पटक–पटक छलफलमा बस्दा शंका उत्पन्न भएको भन्दै रास्वपाका सभापति रवि लामिछानेले गुनासो गर्नुभएको थियो । शीर्ष नेताहरुको बैठक शंकास्पद भन्दै नागरिक तहमा पति तिव्र असन्तुष्टी बढिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*