आज पनि बस्दै कांग्रेसको पदाधिकारी बैठक

बकैया दर्पण संवाददाता
२८ बैशाख २०८०, बिहीबार १०:३३

मकवानपुर । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्ने भएको छ । बैठक पार्टीका सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बिहीबार दिउँसो २ बजे बस्ने भएको हो। पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि बुधबार साँझ आकस्मिक रुपमा बसेको पदाधिकारी बैठकले बिहीबारका लागि पूर्वपदाधिकारीसहितको बैठक बोलाएको हो।

बिहीबार बस्ने बैठकमा नक्कली शरणार्थी प्रकरणमा पार्टी नेताहरुको संलग्नता र त्यसले पार्टीमा पुर्‍याउने क्षतिको विषयमा छलफल हुने बुझिएको छ । बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

महामन्त्रीद्वयको प्रस्तावमाथि पनि बिहीबार छलफल हुने बुझिएको छ । बुधबारको बैठकमा सहमति नजुटेपछि बिहीबारका लागि बैठक बोलाइएको हो । नक्कली शरणार्थी प्रकरणमा कांग्रेस पार्टीका अन्य नेताहरुले पनि अवैध रकम बुझेको बयान पक्राउ परेकाहरुले दिएका छन् ।

बिहीबारको बैठकले खाँणलाई निलम्बन गर्न सक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*