आजदेखि सुरू हुँदै एमालेको केन्द्रीय समिति बैठक

बकैया दर्पण संवाददाता
२८ बैशाख २०८०, बिहीबार १०:२५

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को केन्द्रीय समिति बैठक आज ९बिहीबार० देखि सुरू हुँदैछ।

पहिले झापामा गर्ने तय गरिएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमै बस्ने हो । बैठक बिहीबार बिहान १० बजेबाट सुरू हुने भएको छ । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनपछि एमालेको केन्द्रीय समिति पहिलो पटक बस्न लागको हो

एमाले सचिवालयको गत मंगलबार बसेको बैठकले केन्द्रीय समिति बैठकका लागि एजेण्डाहरु तय गरेको थियो । बैठकमा निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रम लगायतका १० वटा विषयमा छलफल हुने जनाइएको छ ।

केन्द्रीय समिति बैठक ३ दिनसम्म चल्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*