सिंहदरबारमा दाहाल, देउवा र ओलीबीच बैठक जारी

बकैया दर्पण संवाददाता
२७ बैशाख २०८०, बुधबार १४:५८

मकवानपुर । नक्कली भुटानी शरणार्थी काण्डले राजनीति तरंगित भएका बेला तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बैठक सुरु भएको हो ।

‘अहिले शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ’ प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले भने । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान कांग्रेसका नेतासमेत रहेका पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका थिए ।

त्यसैगरी सो काण्डका योजनाकार मध्येका एक भएको आरोप लागेका पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी फरार रहेका छन् । रायमाझीलाई बुधबार दिउँसो पार्टीले निलम्बन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*