टोपबहादुर रायमाझी पार्टीको जिम्मेवारीबाट निलम्बित

बकैया दर्पण संवाददाता
२७ बैशाख २०८०, बुधबार १४:३१

मकवानपुर । नेकपा (एमाले) ले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।

बुधबार एमालेले विज्ञप्ति जारी गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीलाई पार्टीबाट निलम्बन गरेको जनाएको छ ।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिनुभएको छ ।

रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । गत बिहीबार गृह जिल्ला अर्घाखाँचीको कार्यक्रममा सहभागी हुनुभएका रायमाझी त्यसपछि फरार हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*