राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नजाने निर्णय

बकैया दर्पण संवाददाता
२३ बैशाख २०८०, शनिबार १०:१२

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा नजाने भएको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको शुक्रबार बसेको संयुक्त बैठकले सरकारमा नजाने निर्णय गरेको हो । यस्तै, बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । बैठकपछि भएको पत्रकारसम्मेलनमा सभापति रवि लामिछानेले उप–निर्वाचनको जनमत अनुसार आफूहरु प्रतिपक्षमा बस्न लागेको जानकारी गराए ।

सरकारमा आइदिए हुन्थ्यो भन्ने सदासयता प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राखेको भए पनि सरकारको कार्यशैली र गति हेर्दा सरकारमा जान नसकेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*