आज नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिँदै

बकैया दर्पण संवाददाता
२१ बैशाख २०८०, बिहीबार ०९:३९

मकवानपुर ।  गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिने भएका छन् । उनले आज संविधानको धारा १६८ (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनको लागि गण्डकी प्रदेश सभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको समर्थनमा गत बैैशाख १४ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएपछि कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*