सर्वोच्च अदालतमा प्रधान न्यायाधीशको नियुक्ति र न्यायालयमा सुधारको माग गर्दै कानुन व्यवसायीको प्रदर्शन

बकैया दर्पण संवाददाता
१९ बैशाख २०८०, मंगलवार २०:३७

मकवानपुर ।   सर्वोच्च अदालतमा प्रधान न्यायाधीशको नियुक्ति र न्यायालयमा सुधारको माग गर्दै कानुन व्यवसायीले देशव्यापी प्रदर्शन गरेका छन् । नेपाल बार एसोसिएसनको आव्हानमा कानुन व्यवसायीले देशव्यापी प्रदर्शन गरेका हुन् । मंगलबार उच्च अदालत पाटन हेटौंडा इजलास बार र मकवानपुर जिल्ला बारले संयुक्तरुपमा उच्च अदालत पाटन हेटौंडा इजलास र मकवानपुर जिल्ला अदालत परिसरमा प्रदर्शन गरेका छन् ।

कानुन व्यवसायीका माग उल्लेखित व्यानर र प्लेकार्ड लिएर कानुन व्यवसायीले मंगलबार बिहान ११ बजेदेखि १२ बजेसम्म प्रदर्शन गरेको जिल्ला बार एसोसिएसनका सदस्य अधिवक्ता मोहनप्रसाद ढकालले जानकारी दिनुभएको छ । कानुन व्यवसायीले न्यायालयमा रहेको भ्रष्ट्राचार, विसंगतिको अन्त्य तथा न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि दबाबमूलक कार्य गरेको जनाएका छन् ।

कानुन व्यवसायीले स्वतन्त्र न्यायपालिकाको रक्षा गर्नुपर्ने, न्यायालयभित्रको भ्रष्ट्राचार, विकृति, विसंगति अन्त्य हुनुपर्ने, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणाली लागु गर्नुपर्ने, प्रधान न्यायाधीश नियुक्त गर्नुपर्ने, अदालतमा रिक्त रहेको न्यायाधीश यथाशिघ्र नियुक्त गर्नुपर्ने माग राखेका छन् । कानुन व्यवसायीले संवैधानिक परिषद् बैठक अबिलम्ब बोलाउन र संसदीय सुनुवाई समिति गठन गर्न पनि माग गरेका छन् । कानुन व्यवसायीले देशव्यापी आन्दोलनको पहिलो चरण एक साताका लागि जारी राख्ने जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*