रवि लामिछानेको आफ्नै रेकर्ड ब्रेक, चितवन–२ बाट दोस्रो पटक विजयी

बकैया दर्पण संवाददाता
१२ बैशाख २०८०, मंगलवार १२:५३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित हुनु भएको छ ।

यसअघि मंसिर ४ को निर्वाचनमा ४९ हजार ३ सय मत ल्याएर निर्वाचित हुनुभएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ दोस्रो पटक निर्वाचित हुनु भएको हो ।

केही बेर अघि सम्पन्न मतगणना अन्तिम परिणामअनुसार लामिछानेले ५४ हजार १७६ मत ल्याएर निर्वाचित हुनु भएको हो । उहाँले आफ्नै रेकर्ड ब्रेक गर्नुभएको छ ।

लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच ४२ हजार ९ सय ६२ मत अन्तर रहेको छ ।

त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको छ । आइतबार सम्पन्न निर्वाचनमा कुल ७८ हजार २ सय ७७ मत खसेको थियो ।

नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन-२ मा उपनिर्वाचन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*